अवैध भरुवा बन्दुकसहित दुई जना प*क्रा*उ

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ९ साउन २०८२ (२२ घण्टा अघि)
  • २१२

कैलालीमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ स्याउलेबाट अबैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले बताए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले दुवैको घरमा खानतलासी गर्दा बन्दुक बरामद गरिएको चन्दले बताए ।

बरामद दुई वटै बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अध्यावधिक: ९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस