ट्रेण्डिङ

सुदूरपश्चिममा खडेरीले रोपेको धान सुक्न थाल्यो, किसान चिन्तित

होमपेज / कृषि /
  • रेडियो सुदूर सञ्चार
  • १० साउन २०८२ (४ हप्ता अघि)
  • ४८५

कञ्चनपुर -

सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुरसहितका जिल्लामा मनसुनी वर्षा पूर्णरुपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ ।

पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् ।

पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवम् खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेको भन्दै किसान हरिलाल चौधरीले चिन्ता व्यक्त गर्नुभयो  ।

बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरेको भए पनि दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा खडेरीले रोपेको धान सुक्न लागेको उहाँको भनाइ छ ।

साउन महिनाको ९ गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्णरुपमा सक्रिय हुन सकिरहेको छैन ।

मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियाको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

अन्तिम अध्यावधिक: १० साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस