बेलाैरी : वाइसीएल नेपालको अगुवाइमा सरसफाइ

होमपेज / विविध / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १० साउन २०८२ (१२ घण्टा अघि)
  • २२५

नवराज अवस्थी / बेलौरी, कञ्चनपुर – 

“श्रम तथा उत्पादनमा वाइसीएल” भन्ने मूल नाराका साथ याेङ कम्युनिस्ट लिग(वाइसीएल) नेपाल, बेलौरी नगर कमिटीको आयोजनामा बेलौरी ५ रामनगरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

बेलाैरी नगरपालिका–५ स्थित श्री सीताराम सांकेतधाम मन्दिर परिसरदेखि रामनगर चोकसम्मको झण्डै ५ किलोमिटर क्षेत्रसम्म विशेष श्रम तथा सरसफाइ अभियान सशक्त रूपमा सम्पन्न भएको वाइसीएल बेलाैरी नगर अध्यक्ष राजेश भट्टले बताए।

यस अभियानमा रामनगर र सितानगर गाउँका स्थानीय युवाहरू, वाइसीएल सदस्य, समाजसेवी बुद्धिजीवीहरुको महत्वपूर्ण सहकार्य रहेको उनकाे भनाइ छ। 

अर्कोतर्फ यस अभियानले धार्मिक स्थलहरूको सरसफाइ, सार्वजनिक ठाउँको झाडी सफा, र नगर सौन्दर्यीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको सरसफाइ कार्यक्रम संयोजक तथा नेकपा माओवादी केन्द्र बेलौरी नगर कमिटी सह–सचिव राजुबहादुर कुँवरको भनाइ छ।

कुँवरले सम्पूर्ण कार्यक्रमको व्यवस्थापन, टोली परिचालन र सहकार्यमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

वाइसीएल युवा नेता समेत रहेका कुँवरले "युवा शक्तिलाई संगठन र सेवामा सक्रिय बनाएर समाज रूपान्तरण सम्भव रहेको जनाए । यो अभियान हाम्रो सामूहिक सोच, श्रमको सम्मान र स्वच्छ नगर निर्माणको प्रतिबद्धता हो उनले भने।,

यस्तै, नेकपा माओवादी केन्द्र बेलौरी नगर कमिटीका अध्यक्ष तथा बेलौरी वडा नं. ५ का अध्यक्ष लालबहादुर चौधरी, नगर कमिटी सचिव सुन्दर चौधरी र समाजसेवी जय बहादुर कुँवर समेत कार्यक्रममा सहभागी थिए।

नगर अध्यक्ष चौधरीले अभियानमा सहभागी हुँदै युवालाई प्रोत्साहन गर्दै भने "युवा परिचालन, श्रम र समाजसेवा आजको खाँचो हो। म यस अभियानमा सक्रिय रूपमा सहभागी भएर गौरव महसुस गरिरहेको छु।"

उतासचिव सुन्दर चौधरीले भन्छन् "श्रमको मार्फत अनुशासन, संगठित सोच र सामाजिक समर्पण विकास हुन्छ। वाइसीएल यिनै मूल्यहरूको आधारमा अघि बढिरहेको छ।"

सरसफाइ अभियानमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य एवम् बेलौरी नगर भलमन्सा समिति अध्यक्ष अमर सिंह चौधरीको महत्त्वपूर्ण भूमिका रहेको आयाेजकले जनाएको छ। 

चाैधरीले रामनगर गाउँका युवाहरूलाई परिचालित गर्दै अभियानको सम्पूर्ण श्रम कार्यलाई सफल बनाएका थिए।

नेता चौधरीले भने - नगर निर्माणमा भलमन्साहरूको योगदान देखाउन पाउँदा खुसी लागेको छ। समाजसेवामा समर्पित युवाहरू हाम्रो शान हुन्। यस्तो अभियान निरन्तर चलिरहोस् भन्ने कामना गर्दछु।

कार्यक्रमको नेतृत्वमा रहेका वाइसीएल बेलौरी नगर अध्यक्ष भट्टले अभियानको समग्र समन्वय गर्नुका साथै संगठनात्मक पक्ष मजबुत बनाउन समन्वय गरेका छन् ।

उनलेे युवाशक्तिलाई देश, समाज र वातावरणप्रतिको जिम्मेवारीमा जोड्नु हाम्रो निरन्तर प्रयास रहेको जनाउँदै आजको अभियान त्यही बाटोको एउटा प्रेरणादायी पाइला रहेको बताए।"

सडकछेउका झाडी हटाउने, प्लास्टिक फोहर संकलन गर्ने, मन्दिर क्षेत्र सफा गर्ने जस्ता कार्यमा युवाहरूले एकताबद्ध भएर योगदान गरेका छन् । भने स्थानीयहरूले उक्त सरसफाइ अभियानको खुलेरै प्रशंसा गरेका छन्। 

अन्तिम अध्यावधिक: ११ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस