सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा मंगलबार लम्कीमा सवारी दुर्घटना भएको छ।
प्रधानमन्त्री केपीशर्मा ओलीलाई स्वागत गर्न चिसापानी गइरहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी आपसमा ठोक्किँएका हुन्।
मन्त्रीहरू सवार बा २ झ १४१९ र से १ झ ३३० नम्बरका सरकारी गाडी एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए।
उनका अनुसार दुर्घटना हुँदा गाडीमा क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन । घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।