कैलाली -
तामा खोज्न जङ्गल गएका कैलालीका टेक बहादुर रोकाया सम्पर्क विहिन भएको ४ दिन पछि मृत फेला परेका छन् ।
गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका २८ वर्षीय रोकाया तामा (बासकल्ला) खोज्न गएका बेला यही साउन १० गतेदेखि सम्पर्कविहीन भएका थिए ।
बिहान ८ बजे घरदेखि तामा खोज्न दुई जना अन्य व्यक्ति सँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जङ्गलबाट सम्पर्क विहीन भएकोमा मंगलवार सोही ठाउँमा मृत फेला परेका हुन् ।
चुरे गाउँपालिका–४ पनेरुवा शिविर माथी सिताखाली खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले बताए ।