ट्रेण्डिङ

दुध बेचेर छोरा छोरीलाई डाक्टर र ईन्जिनियर पढाउदै

होमपेज / जीवनशैली / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ साउन २०८२ (३ हप्ता अघि)
  • ४०६

नेपालमा काम छैन भनेर विदेश जानेहरुका लागि गतिलो उदाहरण बन्न सफल भएकी छन् भैसी पालेर मासिक लाखौको आम्दानी मात्रै होईन, छोरालाई ईन्जिनियर र छोरीलाई डाक्टर पनि बनाउन सफल भएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ निम्बुखेडा रामजानकी टोलकी सरस्वती पाण्डेयले भैसीको दुध बेचेर आफ्ना सन्तानलाई डाक्टर र ईन्जिनियर पढाई रहेकी छिन् ।

कोरोनाको समयमा दुध खानलाई एउटा भैसीबाट सुरुवात गरीएको भैसी पालन अहिले १३ वटा भैसी २ गाई पाडापाडी गरेर ३५ वटा गाईवस्तु पालन गरेकी छन् ।

आफ्नो सुसुरा बुवाको निधनपछि विदेशमा रहेका श्रिमान नेपालमा फिर्ता आएपछि दुध खानको लागि सुरुवातमा एउटा भैसी किनेर ल्याएको र खाएर पनि दुध बचेपछि बेच्न थालियो, आम्दानी भयो फेरी अर्को भैसी जोडियो यसरी नै गर्दा अहिले दैनिक ४० देखी ४५ लिटर दुध महेन्द्रनगरमा घरघरमा गएर बेची रहेका छन् ।

आफ्ना श्रिमान विगत २५ वर्षदेखी वैदेशिक रोजगारमा जाने घर आउने गरेको र अहिले विदेश जान नपरेको उनले बताईन । आफु मात्रै होईन अन्य २ जनालाई पनि प्रत्यक्ष रोजगारी पनि दिएको र यहाँ काम गर्ने कर्मचारीहरुले पनि आफ्ना बालबालिकालाई राम्रो विद्यालयमा हालेको बताइन ।

“विदेशमा जाने श्रिमान अहिले यतै रोकिनु भएको छ, जिवनभर विदेशमा जाने श्रिमानले अहिले काममा सहारा बन्नु भएको छ, विहान ४ बजे उठेर काममा खटिनुपर्छ, काम गर्न समस्या छैन, मिहिनेत गर्नुपर्ने हुन्छ सबै ठिक हुन्छ” उहाँले भन्नुभयो, “दुध बेचेर नै यसैको कमाईले छोरा ईन्जिनियर पढदै छ भने छोरी डाक्टर अध्ययन गर्दैछीन दुवै जनाको अन्तिम वर्ष हो,

जमिन बेचेर ६० लाख भन्दा बढी यसमै लगानी गरेका छौ” अहिले हामी ४ जना यसैमा लागेर काम गरी रहेका छौ, सुदूरपश्चिम प्रदेशले उत्कृष्ट किसान भनेर नगदसहित सम्मान गरेको र कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि उत्कृष्ट किसान भनेर नगदसहित सम्मान गरेको बताइन् ।

यो सम्मानले अझै थप हौसला मिलेको छ, फेरी यस्मा भैसी थपेर ठुलो व्यवसायी बन्ने ईच्छा छ, अब हेरौ कहिले पुरा हुन्छ त्यो ईच्छा,

अन्तिम अध्यावधिक: १५ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस