Advertisement
Skip This
ट्रेण्डिङ

पुनर्वासमा खुकुरी प्रहारबाट एक युवक घा*इ*ते

होमपेज / घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ साउन २०८२ (३ महिना अघि)
  • ५२५

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् ।

जिल्लाको पुर्नवास नगरपालिका–५ स्थित ‘घ’ गाउँका १६ वर्षीय आयुष बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, गएराति पुर्नवास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए । 

खुकुरी प्रहारबाट गम्भीर घाइते बोहराको पुर्नवास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागी कैलालीको धनगढी स्थित निर्सग अस्पतालमा लगिएको प्रनाउ बोहराले जानकारी दिनुभयो । घाइते किशोरको अवस्था मध्यम रहेको उहाँले बताउनुभयो । 

कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाइएको प्रनाउ बोहराले बताउनुभयो । पक्राउ परेका टमाटाको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: १५ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस