ट्रेण्डिङ

कञ्चनपुर : लागूऔषधसहित एक जना प*क्रा*उ

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १८ साउन २०८२ (३ हप्ता अघि)
  • २८४

कञ्चनपुर -

कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

शनिवार साँझ गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका -९ लालपुरका ३० वर्षीय गणेश विष्टको घर खानतलासी गर्दा उनको सुत्ने कोठाबाट ५.८६ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइको छ ।

अन्तिम अध्यावधिक: १८ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस