ट्रेण्डिङ

गाजामा भोकमरीको समस्या बढ्दो

होमपेज / अन्तर्राष्ट्रिय /
खाना खोज्न जाँदा धेरै मानिस घाइते वा मारिए
  • रेडियो सुदूर सञ्चार
  • १८ साउन २०८२ (३ हप्ता अघि)
  • १६७

राहतकर्मीहरूले गाजाका झन्डै १० हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न उपलब्कध नहुँदा खरिद गर्न कठिनाइ भएको छ ।

संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयका अनुसार बजारमा खाद्यन्न निकै कम छ र उपलब्ध खाद्यन्नको मूल्य धेरै अस्थिर छ । धेरै मानिस लागि खाद्यन्न किन्ने पहुँच बाहिर छन् । इजरायलले राहत सामग्री पठाउन केही अनुमति दिए पनि गाजामा आवश्यक सहयोग पर्याप्त रूपमा पुग्न सकेको छैन ।

सहायता सामग्री लैजाने गाडीहरू तोकिएका बाटोमा अवरोध र जोखिमको सामना गरिरहेका छन् । धेरै महिनादेखि खाद्यान्न अभावले जनजीवन झनै कठिन बनेको छ । खाना खोज्न जाँदा धेरै मानिस घाइते वा मारिएका छन् । विगत दुई दिनमा मात्रै सयभन्दा बढी मानिसहरू खाद्यान्न ढुवानी मार्ग वा इजरायली सैनिक वितरण केन्द्र नजिकै मारिएका छन् ।

अन्तिम अध्यावधिक: १८ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस