ट्रेण्डिङ

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

होमपेज / समाचार /
सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र
  • रेडियो सुदूर सञ्चार
  • २१ साउन २०८२ (२ हप्ता अघि)
  • ९३

अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

अन्तिम अध्यावधिक: २१ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस