ट्रेण्डिङ

कञ्चनपुर : मोटरसाइकल दु*र्घट*ना*मा परेर एक जनाको मृ*त्यु

होमपेज / दुर्घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ साउन २०८२ (२ हप्ता अघि)
  • २१४

कञ्चनपुर -

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित बनरा पुल नजिकै पूर्व पश्चिम राजमार्गमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ पीताम्बरका ४४ वर्षीय गजेन्द्र बहादुर कुँवरको मृत्यु भएको हो । 

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक कुँवर गम्भीर घाइते भएका थिए । 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक राम बहादुर चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । कुँवरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मङ्गलबार साँझ नै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २१ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस