उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा दिए ९ जनाले आवेदन

होमपेज / राजनीति /
उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा दिए ९ जनाले आवेदन
  • रेडियो सुदूर सञ्चार
  • २२ साउन २०८२ (७ महिना अघि)
  • ४९१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन्।  

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवेदन दिएको रास्वपाले जनाएको छ। 

रास्वपाले निवेदन दिएकाहरूको नामावली बिहीबार प्रकाशित गरेको छ। उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्याइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको रास्वपा सहामहामन्त्री विपिन आचार्यले जानकारी दिए।  

साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भदौ ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिने उनले बताए।  

रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ। त्यसका लागि भदौ १२ र १३ का लागि समय छुट्याइएको आचार्यले बताए। उम्मेदवार अन्तिम चयन १५ भदौमा गर्ने उनको भनाइ छ। 

निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गते का लागि उपनिर्वाचनको समय तोकेको छ। राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

अन्तिम अध्यावधिक: २२ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस