ट्रेण्डिङ

सम्झना मृ*त्यु प्रकरणः छ दिनपछि अन्त्येष्टि

होमपेज / घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २३ साउन २०८२ (२ हप्ता अघि)
  • ७१०

बेलडाँडी, कञ्चनपुर -

कञ्चनपुरमा मृत फेला परेकी १७ वर्षीया सम्झना भट्टको छ दिनपछि अन्त्येष्टि गरिएको छ। आफ्नै कोठामा मृत भेटिएकी बेलडाँडी गाउँपालिका-२ सिहपाल टोलकी भट्टको शुक्रबार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो ।

१८ साउनमा भट्ट झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। माइती पक्षले आत्महत्या नभई हत्या भएकाले परिवारका सदस्यमाथि छानबिन गरेर कारबाहीको माग अघि सार्दै आएको थियो।

घटनाको सत्यतथ्य छानबिन गर्ने प्रहरीले आश्वासन दिएपछि अन्त्येष्टि गरिएको हो। प्रहरीले घटनाको अनुसन्धानको लागि श्रीमान् पवन, ससुरा हरि, सासू किरण र दिदीसासूलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार सम्झना र पवनको प्रेम विवाह भएको छ महिना मात्रै भएको थियो। विवाहलगत्तै निरन्तर घरमा हुने झैझगडा कलहकै कारण सम्झनालाई गुमाउनुपरेको माइती पक्षको भनाइ छ । 

अन्तिम अध्यावधिक: २३ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस