चन्द्रिका चाैधरी / बेलौरी, कञ्चनपुर –
बेलौरीको धार्मिक साँझ अहिले भजन, कीर्तन र रामायणका छन्दले गुञ्जिन थालेकाे छ।
बेलाैरी बजार स्थित कथा मञ्चनकाे मन्दिरदेखि घर चिया पसलसम्म भगवान् रामको आदर्श र जीवन दर्शनबारे चर्चा बढेको छ।
कारण एउटै हो— बेलौरीमा दोस्रो रामलीला मञ्चनको तयारी तिव्रगतिमा अगाडि बढ्नु।
हिन्दू समाजमा भगवान् रामलाई सत्य, मर्यादा र आदर्श जीवनका प्रतिमूर्तिका रूपमा मानिन्छ। उनको जीवन चरित्रलाई जन–जनमा पु¥याउने सांस्कृतिक परम्परा रामलीलामार्फत पीढी दरपीढी चलिआएको छ।
धार्मिक आस्था, सांस्कृतिक गौरव र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित रामलीलाले समाजलाई अनुशासन, नैतिकता र सद्भावको बाटो देखाउँदै आएको छ।
यसै परम्परालाई निरन्तरता दिँदै शुक्रबारदेखि बेलौरीमा कलाकारहरूको तालिम औपचारिक रुपमा सुरु गरिएको छ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टको प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा विशिष्ट अतिथि बेलौरी नगर प्रमुख पोतीलाल चौधरी, प्रेम सिंह बोहरा, सल्लाहकार बलदेव सिंह बुडाल, गोपाल गुरुङ, डा. भुपेन्द्र विष्ट सहितका मान्यगण भक्तजनहरू उपस्थित रहेको थियोे।
प्रदेश विद्यायन समिति सभापति समेत रहेका प्रमुख अतिथि विष्टले,
“रामलीला हाम्रो सभ्यता र संस्कृतिको जिवन्त स्मृति रहेको बताए । उनलेे भने - यो केवल धार्मिक प्रस्तुति होइन, हाम्रो समाजका आधारभूत मूल्य र जीवनशैलीलाई पीढी–दरपीढी सुम्पिने माध्यम पनि हो।,
भगवान् रामको कथा न्याय, मर्यादा र त्यागको अद्वितीय उदाहरण हो, जसबाट हामीले सत्य र धर्मको बाटोमा चल्ने प्रेरणा पाउँछौं।
बेलौरीको रामलीला प्रदेशभरका लागि सांस्कृतिक पहिचानको प्रतीक बन्न सक्छ। म व्यक्तिगत रूपमा यो अभियानलाई समर्थन गर्दै प्रदेशमै नमुना मञ्चनको रूपमा विकास गर्न हरसम्भव सहयोग गर्नेछु।”
विशिष्ट अतिथि बेलौरी नगर प्रमुख पोतीलाल चौधरीले भने,
म निकै आभारी छु “गत वर्षको रामलीलाले बेलौरीको सांस्कृतिक पहिचानलाई मजबुत बनायो । यस वर्षको दाेस्राे चरणको कार्यक्रम अझ प्रभावकारी र व्यवस्थित बनाउन स्थानीय तहबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
नगरपालिकाले आवश्यक स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध गराउँदै यस अभियानलाई सफल बनाउन हामी तत्पर छाैँ।” आजदेखि प्रारम्भ भएको याे दाेस्राे चरणकाे रामलीला मञ्चन तालिम पूर्ण सफलताको शुभकामना।,
कार्यक्रमका सभापति एवम् बेलौरी सांस्कृतिक तथा रामलीला समितिका संयोजक दिनेश कुँवरका अनुसार -
“रामलीला केवल मञ्चन होइन, यो हाम्रो समाजको आत्मा हो। गत वर्ष जनस्तरमा जुन उत्साह, आस्था र सहभागिता देखियो, त्यसलाई निश्वार्थ रुपमा अझ उचाइमा पुर्याउने हाम्रो लक्ष्य हो। हामीले तयारी चरणमै विभिन्न जिम्मेवारी स्पष्ट पारेका छौं।
कलाकारको संवाद, हावभाव र अभिनयलाई निखार्ने तालिममार्फत यसपटक दर्शकले अझै सजीव, भावनात्मक र प्रभावकारी रामलीला अनुभव गर्नेछन्।”
तालिम उद्घाटन सत्र सञ्चालन गर्दै समितिका सचिव रामेश्वर न्यौपाने भन्छन् -
“रामको आदर्श, नीति र जीवन–शैली आजको पुस्ताका लागि उत्तिकै आवश्यक र सान्दर्भिक छ।,
हामी यसपटक कथावाचन शैलीमा नयाँपन ल्याउनेछौं, संवादलाई यथासम्भव मौलिक बनाउनेछौं र मञ्च सजावटमा परम्परा र आधुनिकताको मिश्रण प्रस्तुत गर्नेछौं।
हामी चाहन्छौं दर्शक केवल हेरेर मात्र नभई भावनात्मक रूपमा पनि कथासँग जोडिउन्।”
तालिम उद्घाटन समारोहमा समितिका पदाधिकारी, सदस्य, धार्मिक अगुवाहरू, महिला र स्थानीय युवा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो ।
रामलीला समितिले यस वर्षको कार्यक्रमलाई धार्मिक सांस्कृतिक एकता र सामाजिक सद्भावको साझा अभियानका रूपमा अघि बढाउने योजना बनाएको छ। समितिका सल्लाहकार गाेपाल गुरुङका अनुसार यसपटक दशैं दिपावलीकाे बीचमा रामलीला शुरु हुनेछ ।,
बेलाैरीकाे खुला मञ्चमा सञ्चालन हुने उक्त रामलीला मञ्चन कार्यक्रममा सबैको सहयोग र सद्भाव रहने विश्वास समेत गरिएको छ ।,