ट्रेण्डिङ

एनपीएलको दोस्रो संस्करणका लागि आज अक्सन हुँदै

होमपेज / खेलकुद /
अक्सनका लागि १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक
  • रेडियो सुदूर सञ्चार
  • २४ साउन २०८२ (२ हप्ता अघि)
  • ११४

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलाडी छनोटका लागि आज अक्सन हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज दिउँसो तीन बजेदेखि अक्सन शुरू हुनेछ । यो अक्सनका लागि एक सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । यसअघि चार सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।

एनपीएलमा आठ टोली छन् । ती टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूचीमा खेलाडी समावेश गरिएको क्यानले जनाएको छ ।

खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । श्रेणी ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ तथा ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।

अन्तिम अध्यावधिक: २४ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस