कञ्चनपुर : करेन्ट लागेर एक वृद्धको मृ*त्यु

होमपेज / घटना / समाचार /
कञ्चनपुर : करेन्ट लागेर एक वृद्धको मृ*त्यु
  • रेडियो सुदूर सञ्चार
  • २५ साउन २०८२ (११ महिना अघि)
  • ४१२

कञ्चनपुर -

कञ्चनपुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका-१० चतहरी बस्ने ६० वर्षीय पदम सार्कीको करेन्ट लागेर मृत्यु भएको हो। शनिवार आफ्नै घरमा चालु अवस्थामा रहेको टेबुल पंखा उठाउने क्रममा करेन्ट लागेर सार्की घाईते भएका थिए।

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अन्तिम अध्यावधिक: २५ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस