विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

होमपेज / समाचार /
विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान
  • रेडियो सुदूर सञ्चार
  • २६ साउन २०८२ (१० महिना अघि)
  • ४६५

कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्।

उनीहरु फ्लाइ दुबईको विमानमार्फत इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारले विपिनको रिहाइ अभियानलाई सशक्त बनाउन उनीहरूलाई त्यहाँ लगेको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। वि.सं. २०८० असोज २० गतेदेखि उनी परिवारसँग सम्पर्कविहीन छन्। हमासद्वारा कब्जामा रहेका कैयौं बन्दी मुक्त भइसके पनि उनको अवस्थाबारे अहिलेसम्म थाहा हुन सकेको छैन।

 हमास आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। त्यही क्रममा, हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर साथी नेपाली विद्यार्थीहरूलाई जोगाउन खोज्ने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।

अन्तिम अध्यावधिक: २६ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस