Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : हरियाली सामुदायिक वनद्वारा ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण

होमपेज / समाचार /
विद्युतीय चुलोसहित खाना पकाउने प्रेसर कुकर र कराइ पनि वितरण
  • रेडियो सुदूर सञ्चार
  • २६ साउन २०८२ (२ महिना अघि)
  • ४४६

कञ्चनपुर -

कृष्णपुर नगरपालिका- ५ गुलरियाको हरियाली सामुदायिक वनले वनमाथि दाउराको (ईन्धन) को भार घटाउन उपभोक्ताहरुलाई विद्युतीय चुलो वितरण गरेको हो। हरियाली सामुदायिक वनका सहसचिव केशव दत्त विष्टले आइतबारदेखि उपभोक्ताहरुलाई विद्यतुीय चुलोसेट वितरण शुरु गरिएको बताए।

सहसचिव विष्टले ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरिएको बताए। उनका अनुसार विद्युतीय चुलोसहित खाना पकाउने प्रेसर कुकर र कराइ पनि वितरण गरिएको छ। सामुदायिक वनका कोषाध्यक्ष दिपेन्द्रबहादुर सिंहले उपभोक्ताहरुबाट निवेदन मागअनुरुप वितरण गरिएको बताए। उनका अनुसार प्रत्येक सेटमा ३ लिटरको कुकर, २६ इन्चको कराई र १ थान विद्युतीय चुलो समावेश छ।  यस अभियानबाट २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

कोषाध्यक्ष सिंहले उक्त कार्यक्रम सफल भएसंगै थप कार्यक्रम संचालनमा ल्याउने बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका राम बिक्रम ठाकुरले विद्युतीय चुलो वितरणबाट वन संरक्षणमा टेवा पुग्ने बताए। कृष्णपुर-५ का वडाध्यक्ष टेक पाण्डेले सामुदायिक वनको काम सराहनीय भएको बताए।

सचिव सपना चौधरीको अध्यक्षता र डिभिजन वन कार्यालय कञ्चनपुरका राम बिक्रम ठाकुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डे,  बेदकोटका निर्वतमान मेयर अशोक कुमार चन्द, सव डिभिजन कार्यालय वाणीका  प्रमुख भरत प्रसाद शाह, एसएनभी नेपालका सन्तोष आर्याल, र सादा नेपालका कृष्ण ठगुन्ना विशिष्ट अतिथि थिए।

अन्तिम अध्यावधिक: २६ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस