ट्रेण्डिङ

एक हजार एक सयले घट्यो सुनको मूल्य, तोलाको कति?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • २६ साउन २०८२ (२ हप्ता अघि)
  • १५०

आज सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ।सुनको भाउ आज एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ।चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ३० रुपैयाँ रहेको थियो।

अन्तिम अध्यावधिक: २६ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस