कञ्चनपुर : महाकाली नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएनन्

होमपेज / घटना / समाचार /
कञ्चनपुर : महाकाली नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएनन्
  • रेडियो सुदूर सञ्चार
  • २६ साउन २०८२ (११ महिना अघि)
  • ४५८

कञ्चनपुर -

कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अझैसम्म पत्तो लाग्न सकेको छैन।

आइतवार नदीमा नुहाउने क्रममा बेपत्ता भएका ७ वर्षीया सान्वी पन्त र ६ वर्षीया जीविका पन्तको खोजी कार्य आज पनि जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बालिका डुबेको खबर पाएलगत्तै आइतबार साँझदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले खोजी कार्य सुरु गरेको थियो।

नदीमा पानीको बहाव बढी भएकाले खोजतलासको काममा कठिनाइ भइरहेको छ।

अन्तिम अध्यावधिक: २६ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस