नेपाल विद्युत प्राधिकरण बेलाैरीका प्रमुख गिरीको सक्रियतामा विद्युत सेवा पुनः सुचारु

होमपेज / समाचार / समाज /
नेपाल विद्युत प्राधिकरण बेलाैरीका प्रमुख गिरीको सक्रियतामा विद्युत सेवा पुनः सुचारु
  • निरु चौधरी
  • २९ साउन २०८२ (५ महिना अघि)
  • ९८०

निरु चौधरी / बेलाैरी, कञ्चनपुर

नेपाल विद्युत प्राधिकरण बेलाैरी वितरण केन्द्रका कार्यालय प्रमुख टंकराज गिरीको सक्रियतामा बिहीबार बिहानैदेखि अवरुद्ध विद्युत सेवा पुनः सुचारु भएको छ।

बुधबार रातिपरेको अविरल वर्षा र हावाहुरीका कारण बेलाैरी नगरपालिका–५ मैनाहा जंगल क्षेत्रमा ठूलो रुख ढलेर ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको थियो। यसका कारण यस क्षेत्रमा बिहान विद्युत आपूर्ति पूर्णरूपमा ठप्प थियो।

पत्रकार सँग कुरा गर्दै प्रमुख गिरीले भने, - फल्ट पत्ता लगाउन “ बिहानैदेखि हाम्रो प्राविधिक टोली खटिएर ढलेको रुख काटी सेवा पुनः सञ्चालनमा ल्याउन सफल भयौं।” उनलेे थपे, - “ रुख काट्न त्यति सम्भव चै थिएन् , निकै कठिनाइ र मिहिनेतका बाबजुद लाइन सुचारू गर्‍याै।, 

यद्यपि विद्युत आपूर्ति स्थायी रूपमा सुदृढ गर्नका लागि महेन्द्रनगर–कलुवापुर हुँदै आउने विद्यमान लाइनसँगै धनगढी–पुनर्वास हुलाकी मार्ग हुँदै बेलाैरीमा वैकल्पिक लाइन जडानको काम लागभग अन्तिम चरणमा पुगेको छ।,

उनका अनुसार, अत्तरिया–धनगढी हुँदै बेलाैरीमा विद्युत आपूर्ति सञ्चालनमा आएपछि हावाहुरी वा अन्य प्राकृतिक कारणले हुने अवरोधका समस्या न्यून हुनेछन्।

कार्यालय प्रमुख गिरीले विश्वास व्यक्त गर्दै भने, “यसबाट सेवाग्राहीले लामो समयदेखि भोग्दै आएको सास्ती स्थायी रुपमा समाधान हुनेछ।”

अन्तिम अध्यावधिक: २९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस