ट्रेण्डिङ

नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा विष्ट

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २९ साउन २०८२ (१ हप्ता अघि)
  • २५६

कञ्चनपुर  —

“आफ्नो देशको उत्पादन, आफ्नो सान-कृषि उन्नति हाम्रो अभियान” भन्ने मूल नारासहित नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम महाधिवेशन बुधवार धनगढीमा सम्पन्न भएको छ।

महाधिवेशनबाट किसान नेता हरेन्द्र सिंह बिष्टलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको छ। याेसंगै महाधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन अधिकृत भरत बहादुर सिंहले जानकारी दिए।

पदाधिकारीहरूमा उपाध्यक्षमा जन्मजय तिमिल्सिना, महिला उपाध्यक्षमा इन्द्रा लुहार, सचिवमा खगेन्द्र ओझा र सहसचिवमा फकिर बहादुर रोकाया निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा जय बहादुर कुँवर, झगरी कामी, गोपीप्रसाद खनाल, अम्मरजंग साउँद, अरुण खडायत, नवराज बुढा, सुरत बहादुर साउँद, भावता खड्का, जोवाहिताला दायी डगौरा, टीका मौनी, तेज बहादुर बम, जंगवीर बिष्ट, प्रेम कडेल, दशरथ चौधरी, विक्रम चौधरी, गीता रावल, दीपा बोहरा, कृष्णा धर्ती र निर्मला अवस्थी निर्वाचित भएका छन्।

महाधिवेशनले सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रको विकास, उत्पादन वृद्धी र किसानको हितमा प्रभावकारी काम गर्न नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको जनाएको छ।

अन्तिम अध्यावधिक: २९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस