ट्रेण्डिङ

सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

होमपेज / कृषि /
  • रेडियो सुदूर सञ्चार
  • २९ साउन २०८२ (१ हप्ता अघि)
  • ३२१

सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य अनुसार धानको मूल्य बढेको हो ।

बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा तोकेको छ । गएको वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४ सय १० रुपैयाँ थियो ।

यस्तै मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ । गएको वर्ष मध्यम धानको न्यूनतम मूल्य ३ हजार ५ सय ८० रुपैयाँ तोकेको थियो ।

केही वर्ष अघिसम्म किसानले धान भित्र्याउन शुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या थियो । तर पछिल्ला केही वर्षदेखि सरकारले चाँडै मूल्य तोक्न थालेको छ ।

अन्तिम अध्यावधिक: २९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस