ट्रेण्डिङ

भारतको जम्मू कश्मीरमा बाढी : ज्या*न गुमाउनेको सङ्ख्या ४५ पुग्यो

होमपेज / अन्तर्राष्ट्रिय / मुख्य समाचार /
७० जना उपचारका लागि अस्पताल भर्ना
  • रेडियो सुदूर सञ्चार
  • ३० साउन २०८२ (१ हप्ता अघि)
  • १६४

भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ ।

बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ ।

बाढीमा अहिलेसम्म १ सय जना भन्दा बढी घाइते भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ ।

हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि अचानक बाढी आएको थियोे । 

अन्तिम अध्यावधिक: ३० साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस