चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर —
नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार कञ्चनपुरको बेलाैरीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ईट्टा उद्योगसँग सम्बन्धित समस्या, चुनौती र समाधानका उपायबारे विस्तृत धारणा सार्वजनिक गरेको छ।
महासंघका प्रदेश अध्यक्ष बलदेव सिंह बुडालले प्रदूषण न्यूनीकरण, श्रमिक स्वास्थ्य सुरक्षा, र प्राविधिक अवरोध हटाउन तत्काल नीतिगत पहल आवश्यक रहेको बताए। उनले भुसे ईट्टाभट्टाबाट वातावरणमा गम्भीर असर पर्ने भएकाले यस्ता भट्टा तत्काल बन्द गर्न सरकारलाई आग्रह गरे।
भट्टामा आगो लगाउने प्रचलनबारे उल्लेख गर्दै बुडालले पुस मसान्त अर्थात माघ १ गतेदेखि मात्र भट्टामा फायरिङ सञ्चालन सुरु गर्न उपयुक्त हुने धारणा प्रस्तुत गरेका छन् ।
“माघ १ गतेदेखि मात्र आगो लगाउँदा वातावरणीय असर कम हुने र उत्पादनको गुणस्तरमा सुधार हुने उनको भनाइ छ।”
साथै, उनले बालुवा, गिट्टी र सिमेन्टबाट बनेका ईट्टाले भवन संरचनाको गुणस्तर खस्किने दाबी गर्दै, “ढल देखि घर सम्म भट्टामा पकाइएका अब्बल गुणस्तरका ईट्टा मात्र प्रयोग गर्न सुझाएका छन् ।”
अध्यक्ष बुडालले कर वृद्धि, इन्धन मूल्यवृद्धि, मजदुर आपूर्ति समस्या, र नीतिगत अनिश्चितताले उद्योग संकटमा परेको उल्लेख गर्दै तीनै तहका सरकारले ईट्टा व्यवसायीको हकहितमा ध्यान नदिएको जिकिर गरे।,
महासंघका प्रदेश कोषाध्यक्ष सुरज श्रेष्ठले भुसे ईट्टाभट्टा सम्बन्धी नीति तथा निर्णय गरिएपनि त्यसको कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गरे। “नीति निर्माण गरेर मात्र हुँदैन, प्रभावकारी कार्यान्वयन नगरेसम्म भुसे वातावरणीय प्रदूषण नियन्त्रण सम्भव छैन्,” उनले टिप्पणी गरे - सरकार निरही छ।,
त्यसैगरी, युवा उद्योगी रमेश विष्टले वैकल्पिक ऊर्जा प्रयोग, आधुनिक प्रविधि अवलम्बन, र श्रमिक स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सरकारबीचको समन्वय अभावले उद्योग अझै अनिश्चिततामा छ।
कार्यक्रममा बोल्दै अध्यक्ष बुडालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको उद्योग विभागको मिति ०८१ साउन ८ गतेको चलानी नम्बर ११४ को निर्णयबारे जानकारी दिँदै, औद्योगिक उद्यम ऐनको सम्बन्धित दफा र उपदफाअनुसार व्यवस्था मिलाउन अनुरोध गरिएको बताए।
उनले औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको निर्णय कार्यान्वयन भए उद्योगी व्यवसायीहरूको हितमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। पत्रकार सम्मेलनमा स्थानीय उद्योगी, व्यवसायी तथा महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा महासंघको आगामी अधिवेशन भदौ १२, १३ र १४ गते काठमाडौंको गोदावरी रिसोर्टमा हुने जनाए। यस अवसरमा अध्यक्ष बुडालले परिस्थिति अनुसार वा परिवेक्षकका रूपमा सहभागी हुन समेत सराेकारवाला सबैलाई अपिल गरेका छन् ।