ट्रेण्डिङ

प्रधानमन्त्रीकाे स्वास्थ्यमा समस्या, प्रश्नाेत्तर कार्यक्रम स्थगित

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • ४ भदौ २०८२ (३ दिन अघि)
  • २१७

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि प्रतिनिधिसभामा आज हुने भनेको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

स्वास्थ्यका कारण प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुन नसक्नुभएको नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो ।

आजकाे बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले समसामयिक विषयमा राख्ने जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची रहेको थियो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रावधान रहेको छ ।

सभामुख देवराज घिमिरेले सदनको आजको बैठकमा विशेष कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जानकारी गराउनुभयो ।

अन्तिम अध्यावधिक: ४ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस