Advertisement
Skip This
ट्रेण्डिङ

बेलाैरी : सहिद प्रहरी निरीक्षक स्व. बोहराको १०औं स्मृति दिवसमा वृक्षारोपण

होमपेज / मुख्य समाचार /
  • निरु चौधरी
  • ७ भदौ २०८२ (२ महिना अघि)
  • ३६७

निरु चाैधरी/ बेलौरी, कञ्चनपुर —

टीकापुर हत्या काण्डमा सहादत प्राप्त गरेका राष्ट्र सेवक प्रहरी निरीक्षक स्व. केशव बोहराको १०औं स्मृतिमा वृक्षारोपण गरिएको छ । 

शनिबार स्मृति दिवसको अवसरमा बेलौरीकाे महाकाली माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको हाे।

सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय परिसरका विभिन्न स्थानमा फलफूल तथा छायाँ दिने प्रजातिका बिरुवाहरू रोपिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य विष्टले - “प्रहरी निरीक्षक बोहराले राष्ट्र र समाजका लागि देखाएको त्यागलाई सधैं सम्झनुपर्ने बताए।,

उनले भने, “सुरक्षा र शान्ति कायम गर्ने क्रममा जीवन अर्पण गर्ने सहिदहरूको सम्झना गर्नु हाम्रो साझा जिम्मेवारी हो।

बोहराजस्तो कर्तव्यनिष्ठ प्रहरी अधिकृतको स्मृति भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।”

त्यसैगरी स्व. बोहराका बुवा प्रेम सिंह बोहराले आफ्नो छोराको बलिदानलाई गर्वको रूपमा लिँदै स्मृतिमा गरिएको वृक्षारोपण अभियानलाई अर्थपूर्ण रुपमा लिइएका छन् । 

रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा उहाँले भावुक हुँदै भन्नुभयो, “मेरो छोरो राष्ट्र र जनताको सेवामा जीवन अर्पण गरेर अमर भएको छ। उहाँको सम्झनामा रोपिएका यी बिरुवाहरूले वातावरण संरक्षणसँगै भावी पुस्तालाई प्रेरणा पनि दिनेछन्।”

स्थानीय समाजसेवी तथा उद्योगी बलदेव सिंह बुडालले - "सहिद बोहराको सम्झना गर्दै भन्नुभयो, जे घटना घट्यो त्याे साह्रै दु:खद् भयो यद्यपि “राष्ट्र र जनताको सुरक्षाका लागि जीवन अर्पण गर्ने सहिदहरूकै कारण आज हामी शान्त वातावरणमा बाँचिरहेका छौं।,
 
राष्ट्र सेवक बोहराको बलिदानले परिवार र बेलौरी मात्र राेएन्, सम्झिदा सिंङ्गाे राष्ट्र नै शाेकमा डुब्छ।” मेरा भानिज समेत रहेका स्वार्गीय केशव बाेहरा प्रति भावपूर्ण श्रद्धासुमन भन्न चाहन्छु।,

कार्यक्रममा करसिंह नगरी, रमेश सिंह भण्डारी, सुरेन्द्र सिंह भण्डारी, प्रकाश राज पन्त, नगर उपप्रमुख जोगराम चौधरी, भोजराज चौधरी, साथै स्व. बोहराका कान्छा भाई नविन बोहरालगायतको सक्रिय सहभागिता रहेको थियो। 

सहभागीहरूले वृक्षारोपण गर्दै सहिद बोहराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना प्रहरी र १ जना नाबालक बालकसहित ८ जनाले ज्यान गुमाएका थिए। 

आन्दोलनकारीहरुकाे भीडको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले पनि सहादत प्राप्त गरेका थिए। 

यो घटनालाई नेपालको राजनीतिक आन्दोलनकाे इतिहासकै सबैभन्दा दुःखद र संवेदनशील घटनामध्ये एक मानिन्छ।

वक्ताहरूले सहिद बोहराको कर्तव्यनिष्ठा, इमान्दारिता र बलिदान भावनालाई भावी पुस्ताले पनि स्मरण गर्नुपर्ने जनाए।

अन्तिम अध्यावधिक: ८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस