आज अट्वारी पर्व मनाइँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा

होमपेज / मुख्य समाचार /
आज अट्वारी पर्व मनाइँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा
  • रेडियो सुदूर सञ्चार
  • ८ भदौ २०८२ (१ बर्ष अघि)
  • ४५६

सुदूरपश्चिम प्रदेश सरकारले आइतवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

तराईंमा बसोवास रहेको थारू समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोवास गर्ने थारू समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गरेका छन्।

अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् पूर्णिमामा पर्दछ। पहिलो दिन दर खाने र दोस्रो दिन व्रत बस्ने गरिन्छ।

अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्। ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ।

पर्वको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरेको छ। यसअघि, प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते बिदाको निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो। तर, थारू समुदायको अट्वारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको थियो। अट्वारी पर्व दुई दिन मनाउने गरिएको छ। 

अन्तिम अध्यावधिक: ८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस