ट्रेण्डिङ

आसाम स्टेट टिमसँग नेपाल ‘ए’ टिमले टी-२० सिरिज खेल्ने

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • ८ भदौ २०८२ (५ घण्टा अघि)
  • ७७

नेपाल ‘ए’ टिमले भारतको गुवाहटिमा आसाम स्टेट टिमसँग ५ खेलको टी-२० सिरिज खेल्ने भएको छ । सिरिज अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले उक्त सिरिजको लागि नेपाल ‘ए’ को घोषणा गरेको छ । क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा आदिल अन्सारी स्थान बनाएका छन् ।

नेपाली टोलीमा अनिल साह (कप्तान), ईशान पाण्डे, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, अर्जुन घर्ती, देव खनाल, बसिर अहमद, शेर मल्ल, तृत राज दास, सन्दीप जोरा, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल छन् ।

अन्तिम अध्यावधिक: ८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस