Advertisement
Skip This
ट्रेण्डिङ

जापानमा कार्यरत गौतमद्वारा कालिका मन्दिरलाई आर्थिक सहयोग

होमपेज / कला संस्कृति / विविध / समाचार /
जन्मभूमि प्रतिको सुमनकाे आस्था र मोह
  • रेडियो सुदूर सञ्चार
  • ८ भदौ २०८२ (२ महिना अघि)
  • ९९५

शीतल भट्ट / बेलौरी, कञ्चनपुर—

जन्मभूमि र आस्थासंगको सम्बन्ध कति गहिरो हुन्छ भन्ने उदाहरण बेलौरीका सुपुत्र सुमन गौतमले हालै प्रस्तुत गरेका छन्। 

व्यावसायिक जीवन जापानमा बिताइरहे पनि उनले आफ्नै गाउँ, संस्कृति र धार्मिक सम्पदाप्रतिको मोहलाई कहिल्यै कम हुन दिएनन्। 

यहीँ भावनाले प्रेरित भई सुमनले बेलौरी नगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण श्री कालिका माताको दरबारलाई रु. १०,००० (दस हजार) सहयोग गरेका छन् । 

उनलेे कालिका मन्दिर निर्माण समितिलाई तीज विशेष विविध कार्यक्रमका लागि आइतबार नगद सहयोग प्रदान गरेको मन्दिर निर्माण समिति उपाध्यक्ष ज्ञानेन्द्र गाैतमले बताए ।,

गौतम परिवारको सामाजिक पृष्ठभूमि

सुमन गौतम पुराना प्रतिष्ठित समाजसेवी कुलानन्द गौतम र माता मैयादेवी गौतमका सुपुत्र हुन्। हाल जापानमा रहेका उनका पिता कुलानन्द बेलौरीमा इमानदार व्यापार, सामाजिक योगदान र धार्मिक आस्थाका कारण परिचित नाम थिए। समाजको आवश्यकता बुझ्ने र सार्वजनिक हितमा काम गर्ने संस्कार नै गौतम परिवारको पहिचान रह्यो। 

सुमन गौतमले आज विदेशमा पुगेर व्यावसायिक कर्ममा रहदाँ पनि यही पारिवारिक संस्कारलाई निरन्तरता दिँदै आएका छन्। उनले धन ठूलो कि! मन ठूलो भन्ने कुरा आज समाजमा छर्लङ्ग पारिदिए।

पेशागत सफलता र गाउँप्रतिको मोह

हाल जापानमा रहेका सुमन गौतम जापानकै सबैभन्दा प्रतिष्ठित दूरसञ्चार कम्पनी NTT डाटा कम्पनीमा असिस्टेन्ट म्यानेजरको रूपमा कार्यरत छन्।

व्यस्त पेशागत दैनिकी बीच पनि सुमनले बेलौरीको धार्मिक सम्पदा र सामाजिक पहिचानलाई स्मरण गर्दै निरन्तर सम्बन्ध कायम राख्नु प्रेरणादायी छ। 

“परदेशमा बस्दा धेरै सुविधा हुन्छन् तर मन भने सधैं आफ्नै गाउँघरको आँगनमा भड्किरहन्छ,” सुमनले नजिकका साथीहरूलाई प्रायः सुनाउने गरेको बताइन्छ।

कालिका मन्दिर समितिको कृतज्ञता

मन्दिर निर्माण समिति अध्यक्ष प्रकाश राज पन्तले गौतम परिवारले गरेको योगदानलाई उच्च सम्मानका साथ उल्लेख गर्दै रेडियो सुदूर सञ्चार संग भने— “धार्मिक आस्थाको धरोहरका रूपमा परिचित कालिका माताको दरबारलाई संरक्षण र प्रवर्द्धन गर्न यो सहयोग अत्यन्तै महत्त्वपूर्ण छ।,

देश विदेशमा रहेका माताका भक्तहरूले पनि आफ्नो जन्मभूमिप्रति जिम्मेवारी बोध गर्दै यसरी सहयोग गर्नु सबैका लागि प्रेरणादायी हाे।,

सुमन गौतमज्यू र उहाँको सम्पूर्ण परिवारलाई कालिका माताले सदा आशीर्वाद प्रदान गरुन् भन्ने हाम्रो शुभकामना छ।”

धार्मिक आस्था र सामाजिक सन्देश

कालिका माताको दरबार बेलौरी क्षेत्रको मात्र नभई सुदूरपश्चिम प्रदेश र कञ्चनपुरकै धार्मिक आस्थाको केन्द्र हो।विभिन्न भजन कृतन मेला, पूजा–पाठ र धार्मिक अनुष्ठानमा हजारौँ भक्तजन यहाँ भेला हुने गर्छन्।

यस दरबारलाई केवल धार्मिक स्थल मात्र नभई सामाजिक एकताको प्रतीकका रूपमा पनि लिइन्छ।

स्थानीयहरूका अनुसार सुमन गौतमको यो योगदान केवल रकमको हिसाबले मात्र महत्त्वपूर्ण छैन, यसले परदेशमा रहेका अन्य युवापुस्तालाई पनि आफ्नै गाउँप्रति जिम्मेवार बन्ने प्रेरणा प्रदान गरेको छ।

सम्भावित प्रभाव र भविष्यको बाटो

धार्मिक अगुवाहरूको भनाइ छ— यदि बेलौरीका यस्ता ऐतिहासिक सम्पदाहरूलाई व्यवस्थित रूपमा संरक्षण र व्यवस्थापन गर्न सकियो भने यसले धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याउनेछ।,

कालिका मन्दिर ५ लाख बाट सुरु गरिएको मन्दिर हाे मनकारीहरुकाे सहयोग, दानदाता र श्रमदान बाट निर्मित मन्दिर आज क्षेत्रकै ऐतिहासिक मन्दिर बनेको छ।, 

यद्यपि व्यक्तिगत स्तरमा भएका यस्ता योगदानहरूले सामूहिक अभियानलाई गति दिने विश्वास गरिएको छ।

विदेशबाट आस्थाको निरन्तरता

सुमन गौतमजस्ता युवाहरू विदेशमा व्यावसायिक रूपमा स्थापित भए पनि जन्मभूमिप्रतिको आस्था र धर्म–संस्कृतिप्रतिको मोह बिर्सँदैनन्।

विदेशमा रहेर पनि गाउँलाई सम्झनु, आफ्नो पुर्खाले पूजाआजा गर्दै आएको देवीस्थानलाई संरक्षण गर्न योगदान गर्नु, स्वयंमा उच्च आदर्शको प्रतीक हो।

मन्दिर निर्माण समिति सचिव अमित भट्टराई भन्छन्— “सुमन गौतमको यो कदम केवल दान होइन, यो सन्देश हो— जहाँ भए पनि आफ्नो धर्म, संस्कृति र जन्मभूमि प्रति जिम्मेवार रहनुपर्छ।, सहयोगी हातहरु सबैलाई धन्यवाद, कालिका माताले रक्षा गरुन् ।”

अन्तिम अध्यावधिक: ८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस