ट्रेण्डिङ

आज तीजको दर खाने दिन

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ९ भदौ २०८२ (७ घण्टा अघि)
  • ५४

यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।

विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।

कतै साँझमा अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । धेरै चिल्लो पीरो, गुलियो र मसलेदार परिकार दरका रूपमा स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ ।

अन्तिम अध्यावधिक: ९ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस