Advertisement
Skip This
ट्रेण्डिङ

भीमदत्त : वडाध्यक्ष थापा सम्मानित

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १० भदौ २०८२ (२ महिना अघि)
  • १८१

कञ्चनपुर -

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापालाई यस वर्ष पनि सम्मान गरिएको छ।

वडामा उत्कृष्ट कामका साथै अछामी समुदाय तथा होली समितिलाई निरन्तर आवश्यक सहयोग गरेको हुँदा वडा अध्यक्ष थापालाई सम्मान गरिएको अछामी समुदाय तथा होली समितिका अध्यक्ष श्याम सुनारले बताउनुभएको छ।

गत वर्ष पनि उहाँलाई वडामा गरेको राम्रो कामको लागि सम्मान गरिएको थियो। वडा अध्यक्ष थापा जिल्लामै एक लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित छन्।

वि.सं. २०७९ सालमा वडा अध्यक्षमा निर्वाचित भएदेखि नै उहाँले नागरिकका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै आउनुभएको छ। उहाँको कार्यकालमा वडामा धेरै जनमुखी कामहरू भएका छन्। जसमा विद्यार्थीहरूको लागि निःशुल्क एसईई तयारी कक्षा, अङ्ग्रेजी र कम्प्युटर कक्षा सञ्चालन गरिएका छन्। यसबाहेक, विभिन्न सीपमूलक तालिम र स्वास्थ्य शिविरहरू आयोजना गरिनुका साथै वडावासीको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि भइरहेको छ।

सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि वडाले सञ्चालन गरिरहेको छ। जसअन्तर्गत वडामा शिशु जन्मेमा शिशु स्याहार खर्चबापत २५०० रुपैयाँ र कसैको मृत्यु भएमा दाहसंस्कार खर्चबापत ५५०० हजार रुपैयाँ प्रदान गरिँदै आएको छ।

यी सबै कामका साथै, विद्यालयको स्तरोन्नति, खेलाडीलाई प्रोत्साहन, सडक मर्मत र पिच जस्ता विकास निर्माणका काममा पनि वडा अध्यक्ष थापा निरन्तर सक्रिय रहँदै आएका छन्। स्थानीयहरूका अनुसार, उहाँ वडावासीको हरेक समस्यामा तत्काल पुग्ने गरेका छन्।

अन्तिम अध्यावधिक: १० भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस