Advertisement
Skip This
ट्रेण्डिङ

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

होमपेज / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १२ भदौ २०८२ (२ महिना अघि)
  • ३३३

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुन्छ। एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुछ । बिरुडा भिजाउदा माङ्गलिक सगुन फाँग गाउँने चलन रहेको छ । गौरा पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् ।

गौरा पर्व नजिकिए संगै गाउँघर देउडाका भाकाले गुन्जिन थालेका छन् । परापूर्व कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ ।

अन्तिम अध्यावधिक: १२ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस