कैलाली -
कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा दिउँसो २ बजेतिर धनगढीका चार किशोर बेपत्ता भएका थिए ।
बेपत्ता भएका चारै जनाको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए । मृत भेटिनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेका छन् ।