चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर –
कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिका ४ स्थित ऐतिहासिक कालिका मन्दिर परिसरमा बुधबारदेखि सञ्चालित (भाद्र ११/१२) दुई दिने देउडा विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कालिका मन्दिर देउडा समूहको आयोजना सञ्चालित उक्त कार्यक्रम बिहीबार सम्पन्न भएको हाे । कार्यक्रममा स्थानीय देउडिया कलाकार, महिला, पुरुष समाजका अग्रज र देउडा खेलप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले आफ्नै सांस्कृतिक परम्परा जिवित राख्दै देउडा नृत्य प्रस्तुत गरेका थिए। सुदूरपश्चिमेलीहरूको गौरा पर्वको पूर्वसन्ध्यामा स्थानीय महिला समाजसेवी भगवती विष्टले खुशी व्यक्त गर्दै कार्यक्रमले समुदायमा एकता र सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिन्।
कालिका मन्दिर देउडा समूहका संयोजक अमर सिंह विष्टले मन्दिर निर्माण समिति अध्यक्ष प्रकाश राज पन्तसहित सबै सहभागीलाई धन्यवाद दिंदै भने, “तीज र गाैराको अवसरमा आयाेजित देउडा विशेष कार्यक्रम भव्यतासाथ सम्पन्न हुनु हाम्रो लागि गर्वको विषय हो।,
स्थानीय सबैको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको छ।” यस अवसरमा सहभागी एवम् सहयोगी सबै प्रति आभार प्रकट गर्दै कलाकारहरुलाई सम्मान व्यक्त गर्दछु उनलेे भने।,
दुई दिने देउडा कार्यक्रमले मनोरञ्जनसँगै भाषा, कला र संस्कृति संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनमा यस प्रकारका सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना गर्ने लक्ष्य राखिएको आयाेजकले जनाएको छ।