आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।
सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ।चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो।