Advertisement
Skip This
ट्रेण्डिङ

अब युवाको उमेर १८ देखि ३५ वर्ष

होमपेज / मुख्य समाचार / विविध /
  • रेडियो सुदूर सञ्चार
  • १३ भदौ २०८२ (२ महिना अघि)
  • २६५

सरकारले युवाको उमेर अब १८ देखि ३५ वर्ष कायम गर्ने भएको छ ।

सरकारले हालै ‘राष्ट्रिय युवा नीति-२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८-३५ वर्ष कायम हुने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।यसअघि राष्ट्रिय युवा नीति-२०७२ अनुसार युवाको उमेर १६-४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिने उल्लेख गरिएको छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसंख्या ४२ दशमलव ५६ प्रतिशत थियो ।परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसंख्या निकाल्न आग्रह गरिएको बताए । बालबालिका सम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ वर्षसम्म भएको हुनाले १८ वर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उनको भनाइ छ । संयुक्त राष्ट्रय संघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ।तयस्तै, भारतमा १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।

परिषदले राष्ट्रिय युवा परिषद् ऐन-२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० वर्ष हुने समेत जनाएको हो । युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्ने र प्रत्येक ५-५ वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएता पनि १० वर्षपछि नीति संशोधन गरिएको परिषदले जनाएको छ ।

अन्तिम अध्यावधिक: १३ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस