चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर –
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम बेलौरी नगर सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनबाट सारदा चौधरीकाे अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र बेलाैरीले जनाएको छ। बेलाैरी नगर अध्यक्ष लालबहादुर चाैधरीका अनुसार "नयाँ जिम्मेवारी पाउने सबैलाई बधाई दिइएको छ। भने कार्यक्रम बाेल्ने वक्ताहरूले सफल कार्यकालकाे शुभकामना समेत व्यक्त गरेका छन् ।
पूर्वमन्त्री एवम् प्रमुख अतिथि बिना मगरले भनिन्, “महिला नेतृत्व र सहभागिता बिना दिगो समाज निर्माण सम्भव छैन। संघ–संस्थाहरूले स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म महिलालाई सक्रिय बनाउने काम गर्दै आएका छन्।,
बेलौरी नगरमा आजको सम्मेलनले महिलालाई निर्णय प्रक्रियामा सक्रिय बनाउने स्पष्ट संकेत दिएको छ। नयाँ ४१ सदस्यीय कमिटीले महिला सशक्तिकरण, सामाजिक न्याय र संगठनको विस्तारमा निर्णायक भूमिका खेल्नेछ।,
मन्तव्यका क्रममा - “म विश्वस्त छु कि सदस्यहरूले जिम्मेवारी पूर्ण लगनशीलताका साथ निभाउनेछन्।, यो कार्य केवल संघ–संस्थाका लागि होइन, समग्र समाजका लागि प्रेरणादायी हुनेछ” नेतृ मगरलेे भनिन् ।,
यस्तै अनेम अध्यक्ष सारदा चौधरीले भनिन्, “अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को मुख्य उद्देश्य महिलालाई नेतृत्व र सक्रियतामा अघि बढाउनु हो। नयाँ कमिटीले सदस्यहरूको सहभागिता बढाउनेछ। हामी महिला सशक्तिकरण र सामाजिक न्यायमा निरन्तर काम गर्नेछौं। सबैले जिम्मेवारीपूर्वक योगदान दिनुपर्छ।”
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपा चौधरी, प्रदेश सचिवालय सदस्य अमरसिंह चौधरी, दीपक तिमिल्सिना अन्य नेतागण लालबहादुर चौधरी, सुन्दर चाैधरी, हर्कबहादुर भुल, आरती चौधरी, नन्दकुमार राना, विश्राम राना, झकबहादुर शिरिष, राजुबहादुर कुँवर, सीपी पोखरेल, राज चौधरी (के.डी) लगायत नगरका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले महिला नेतृत्व, संगठन विस्तार र साझा संघर्षमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने र स्थानीय तहमा संगठनको प्रभाव बढाउने विषयमा छलफल पनि भएको जनाइएको छ।
सम्मेलनले महिला नेतृत्व प्रवर्द्धन, समाजसेवा, संगठन विस्तार र दिगो विकासमा समेत नयाँ दिशा निर्देश गरेको माओवादी केन्द्रीय सदस्य दीपा चाैधरी बताइन्। उनीहरूले संघको लक्ष्यलाई सुदृढ बनाउने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेका छन्।