Advertisement
Skip This
ट्रेण्डिङ

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १५ भदौ २०८२ (२ महिना अघि)
  • २८४

नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ ।  पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको निगमले जनाएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

 

अन्तिम अध्यावधिक: १५ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस