Advertisement
Skip This
ट्रेण्डिङ

२ लाख ५ हजार रुपैयाँ नाघ्यो सुनको भाउ

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १६ भदौ २०८२ (२ महिना अघि)
  • ३७८

सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।

सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा दुई लाख तीन हजार छ सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ तोलाको दुई लाख छ सय रुपैयाँ थियो । 

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर दुई हजार चार सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय २५ रुपैयाँ थियो । यस्तै शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: १६ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस