Advertisement
Skip This
ट्रेण्डिङ

बैतडी : पहिरोले घर पुरिएर एकजना घा*इ*ते, १३ पशु मरे

होमपेज / घटना / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १६ भदौ २०८२ (२ महिना अघि)
  • २०६

बैतडी -

वर्षासँगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ । हिजो घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिनुभयो । घरभित्र पुरिएकी उहाँको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।

पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन् ।

अन्तिम अध्यावधिक: १६ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस