Advertisement
Skip This
ट्रेण्डिङ

नेपाल आइडल सिजन ६ को उपाधि गङ्गालाई

होमपेज / मनोरंजन /
  • रेडियो सुदूर सञ्चार
  • १६ भदौ २०८२ (२ महिना अघि)
  • ३४०

नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् । गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् ।

यस सिजनमा बबिता थापा मगर दाेश्राे र दर्शना गान्धारी तेश्राे घोषित भए । थापाले १० लाख रूपैयाँ र गान्धारीले पाँच लाख रूपैयाँसहित उपहार प्राप्त गरेका छन् । यस्तै अभिनय खाति चौथो र मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाएका छन् । उनीहरू दुवैले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् ।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । यसअघि नेपाल आइडलमा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गएको वर्ष करण परियार विजेता बनेका थिए ।

अन्तिम अध्यावधिक: १६ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस