Advertisement
Skip This
ट्रेण्डिङ

भिजिट भिसामा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीबाट

होमपेज / पर्यटन / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १७ भदौ २०८२ (२ महिना अघि)
  • २१४

अध्यागमन विभागले ‘भिजिट भिसा’ मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना निकालेको छ ।

विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

विभागले प्रणालीमा दर्ता हुने प्रक्रिया र ‘म्यानुअल’ पनि आफ्नो वेबसाइटमा राखेको छ । विभागका अनुसार पहिलो चरणमा आउँदो असोज १ गतेदेखि काठमाण्डौ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य लागू गर्न लागिएको छ । दोस्रो चरणमा मङ्सिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जमा लागू गरिनेछ ।

विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरेको छ । विगत लामो समयदेखि यो प्रणालीबारे छलफल भए पनि लागू हुन सकेको थिएन ।

नयाँ प्रणालीका विषयमा छिट्टै आधिकारिक धारणा ल्याइने होटल सङ्घ नेपालले जनाएको छ ।

अन्तिम अध्यावधिक: १७ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस