Advertisement
Skip This
ट्रेण्डिङ

राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • १७ भदौ २०८२ (१ महिना अघि)
  • २४४

संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो।

त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।  

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगायतका विषयमा सौहार्दपूर्ण रूपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रूपमा अघि बढाइएको बताइन्। उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्। 

त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले संघीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी थिइन्।

अन्तिम अध्यावधिक: १७ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस