Advertisement
Skip This
ट्रेण्डिङ

शुक्लाफाँटा निकुञ्जका ताल सुक्न र पुरिन थाले

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १८ भदौ २०८२ (१ महिना अघि)
  • २०५

कञ्चनपुर – 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल सुक्न र पुरिन थालेका छन् । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका हुन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बन्धित निकायको गुनासो छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल वन्यजन्तुका नियमित पानीका स्रोत हुन् । पुँजीगत बजेट ३४ लाख रुपैयाँ मात्र रहेको हुँदा यो रकमले निकुञ्जभित्र पर्यटकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता रहेको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

उहाँले यो सिमसार क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् । शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवम् विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ । 

अन्तिम अध्यावधिक: १८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस