Advertisement
Skip This
ट्रेण्डिङ

सुनको भाउ तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ पुग्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १८ भदौ २०८२ (१ महिना अघि)
  • १८९

सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको १३ गते शुक्रबार दुई लाख नाघेको सुनको भाउ त्यसयता लगातार बढेको हाे । हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो भने अस्ति तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज घटेकाे छ ।  चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।

अन्तिम अध्यावधिक: १८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस