Advertisement
Skip This
ट्रेण्डिङ

‘माग्ने राजा’को कमाइ ४ करोड नाघ्यो

होमपेज / मनोरंजन /
  • रेडियो सुदूर सञ्चार
  • १८ भदौ २०८२ (१ महिना अघि)
  • १७८

केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ ।

‘माग्ने बुढा’को नामले चर्चित कलाकार घिमिरेको पहिलो लिड रोल रहेको यो फिल्म उनको ‘स्टारडम’को एक परिक्षा पनि थियो ।

ऋषि लामिछाने निर्देशित फिल्मले १२ औं दिनसम्म ४ करोडभन्दा धेरैको ब्यापार गरेको छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख रुपैयाँ ग्रस छ ।

यो फिल्मले तीजको छेको र पहिलो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको थियो । मुनाल घिमिरेको निर्माण र लामिछानेको निर्देशन रहेको यो फिल्ममा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।

अन्तिम अध्यावधिक: १८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस