Advertisement
Skip This
ट्रेण्डिङ

एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

होमपेज / विविध / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ भदौ २०८२ (१ महिना अघि)
  • २५४

मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।

कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।

सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ ।

उक्त निर्णयको विरोध र आलोचना दुवै भइरहेको छ । यसैबीच एनसेलले सरकारको निर्देशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।

अन्तिम अध्यावधिक: १९ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस