Advertisement
Skip This
ट्रेण्डिङ

नैतिकताका आधारमा पदमा बस्दिनँ : गृहमन्त्री लेखक

होमपेज / मुख्य समाचार / राजनीति /
गृहमन्त्री लेखकले दिए राजीनामा
  • रेडियो सुदूर सञ्चार
  • २३ भदौ २०८२ (१ महिना अघि)
  • ३८५

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् ।

‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने । गृहमन्त्री लेखकले राजीनामा समेत दिएका छन् ।

अन्तिम अध्यावधिक: २३ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस