बेलौरी नगरपालिकाद्वारा स्थानीय शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

होमपेज / मुख्य समाचार / समाचार /
दिवंगत आत्माको चिरशान्तिको कामना
बेलौरी नगरपालिकाद्वारा स्थानीय शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
  • रेडियो सुदूर सञ्चार
  • २४ भदौ २०८२ (४ महिना अघि)
  • ४४५

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर –

साेमबार Gen Z युवा समूहले राजधानीमा आयोजना गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवा प्रति बेलौरी नगरपालिकाले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। 

नगरपालिकाले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरी शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको हो।

नगरप्रवक्ता हर्कबहादुर भुलद्वारा जारी विज्ञप्तिमा नेपालकाे संविधानले सुनिश्चित गरेको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र भिन्न विचार प्रस्तुत गर्ने अधिकारलाई राज्यले गम्भीरताका साथ स्वीकार गर्नुपर्ने उल्लेख छ । “भावी नेपाल र नेपाली समाजको नेतृत्व गर्ने पुस्ताको वैचारिक आवाजलाई राज्यले सुन्ने र अनुकूल वातावरण सिर्जना गर्नु अपरिहार्य छ,” विज्ञप्तिमा भनिएको छ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पालिकाले आज (भदौ २४ गते, मंगलबार) नगर क्षेत्रभित्रका सबै कार्यालय तथा सार्वजनिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ। 

साथै, दिवंगत आत्माप्रति सम्मान स्वरूप स्थानीय शोक बिदा दिने नगर प्रमुखस्तरीय निर्णय भएको प्रवक्ता भुलले जानकारी दिए।

स्थानीय सरकारले नागरिकलाई संयमता अपनाउन र शान्तिपूर्ण वातावरण कायम राख्न समेत आह्वान गरेको छ ।

अन्तिम अध्यावधिक: २४ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस